परिवारकै आग्रहमा सेनाले व्यस्थापन गरेको थियो बृद्धाको शव

<span class='c1'>परिवारकै आग्रहमा सेनाले व्यस्थापन</span> <span class='c2'>गरेको थियो बृद्धाको शव</span>

विराटनगर । विराटनगर–३ निवासी ८७ वर्षीया बृद्धाको नेपाली सेनाको शव व्यवस्थापन टोलिले अन्त्येष्टि गरेको छ । घरपरिवारका सदस्य कोरोना संक्रमित भएपछि बृद्धाका शनिबार राती निधन भएको थियो ।

मृतकका कान्छा छोरालाई गत मंगलबा नै कोरोना संक्रमण पुष्टि भएर आईसोलेशनमा राखिएको छ । संक्रमित छोराको सम्पर्क पहिचानका आधारमा मृतकसहित परिवारका अन्य सदस्यहरुको स्वाब संकलन गरिएको थियो ।

संकलन गरिएका स्वाबको रिपोर्ट नआउँदै शनिबार राती बृद्धाको निधन भएपछि आइतबार मृतक बृद्धाको रिपोर्ट भने नेगेटिभ देखिएको थियो । तर, मृतक बृद्धासँगै संकलन गरिएका दुईवटा स्वाब नमूनाको कोरोना भाईरस पोजेटिभ देखिएपछि अन्तिम संस्कारका लागि समाज र परिवारका सदस्यहरु त्रसित बनेका थिए ।

मृतकको रिपोर्ट नेगेटिभ आएपछि स्थानीय प्रशासनले परिवारलाई दाह संस्कार गर्न भनेपनि परिवारका सदस्यसहित समाजका अन्य व्यक्तिहरु आतंकित बन्नु भएपछि नेपाली सेनाले आइतबार साँझ दाहसंस्कार गरेको हो ।

विराटनगर–३ का वडा अध्यक्ष बिनोदकुमार बस्नेतका अनुसार नेपाली सेनाले अन्त्येष्टिका लागि आइतबार साँझ शव लगेको छ । परिवारका सदस्यहरुले समेत सामाजिक रुपमा जोखिम हुनसक्ने भएकोले सुरक्षित रुपमा शवको व्यवस्थापन हुन आवश्यक रहेको माग गरेपछि सेनाले शव बुझेको हो ।

रिपोर्ट नेगेटिभ आएपनि घरका अन्य सबै सदस्यलाई पोजेटिभ देखिएपछि सामाजिक सुरक्षालाई अपनाउन आग्रह गरिएको पीडित परिवारले बताएका छन् । स्थानीय प्रशासनले शवको आफैं व्यवस्थापन गर्नुपर्ने बताएपनि परिवार तथा सामाजिक रुपमा कोभिड–१९ संक्रमणको जोखिम हुने भएकोले आफन्तले सेनाले नै शव व्यवस्थापन गरिदिनका लागि आग्रह गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्