बेलबारी । मोरङको बेलवारीमा कोभिड–१९ संक्रमितको संख्या १८ पुगेको छ । बेलवारी नगरपालिका वडा १ र वडा न २ मा सोमबार एकै दिन १० जना ब्यक्तिमा कोरोना पोजेटिभ देखिएको हो ।
बेलवारी नगरपालिका स्वास्थ शाखाले दिइएको जानकारी अनुसार सोमबार थपिएका १० जनासहित संक्रमितको संख्या १८ पुगेको छ ।