विराटनगर ८ का २१ घर निर्मलीकरण

विराटनगर ८ का २१ घर निर्मलीकरण

विराटनगर । नेकपा विराटनगर ८ नम्वर वडा समितिले शनिबार कोरोना संक्रमणका कारण होम आईसोलेशनमा बसेका २१ जना नागरिकका घर निर्मलीकरण गरेको छ ।
कोरोना संक्रमण भई होम आईसोलेसनमा रहेका घरहरुको निर्मलीकरण गरिएको वडा समिति अध्यक्ष राम पोखरेलले जानकारी दिनु भएको हो ।

दोस्रो चरणको अभियान अन्र्तगत होम आईसोलेसनमा रहेकाहरु र संक्रमितको सम्पर्कमा रहेका घरपरिवारका सदस्यहलाई भेटी स्वास्थ्य अवस्थाबारे जानकारी लिएको अध्यक्ष पोखरेलले बताउनुभयो । उहाँले अत्याधिक भिडभाड हुने चोकहरु, बालगोपाल मार्ग, अमरटोल, राजवंशी टोलका घरहरु निर्मलीकरण गरिएको बताउनुभयो ।

घरहरुको निर्मलीकरण अभियानमा सदस्य भुवन राजवंशी, सविन कामत, सीताराम राजवंशी, शिव मगर, सर्जुप्रसाद राजवंशी, रुपनारायण राय, चन्द्रबहादुर भुजेल लगायतको उपस्थिति रहेको थियो । वडा कमिटीले यसअघि १७ वटा घरको निर्मलीकरण गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्