गान्धीको चश्मा ४ करोड रुपैयाँ भन्दा बढीमा लिलाम

<span class='c1'>गान्धीको चश्मा ४ करोड</span> <span class='c2'>रुपैयाँ भन्दा बढीमा लिलाम</span>

भारतीय स्वतन्त्रताका नायक महात्मा गान्धीले लगाएको सुनौलो चश्मा तीन लाख ४० हजार अमेरिकी डलर अर्थात करीब चार करोड ६८ हजार रुपैयाँ मा बेलायतमा बिक्री भएको लिलामसम्बन्धी काम गर्ने एउटा फर्मले जानकारी गराएको छ ।

‘इस्ट ब्रिस्टल अक्सन’ नामक उक्त फर्मले शुक्रबार चश्मा विक्री भएपछि इन्स्टाग्राममा लेखेको छ,“एक भद्र व्यक्तिले आफ्नो काकालाई गान्धी आफैले उक्त चश्मा दिएको भन्दै लिलामका लागि हामीलाई चार हप्ता पहिले उपलब्ध भएको थियो ।”

फर्मले प्रक्रियामा सहभागीलाई सम्बोधन गर्दै भन्यो, “एउटा अविश्वसनीय वस्तुको लागि असाधारण परिणाम ! लिलाम प्रक्रियामा सहभागी सबैलाई धन्यवाद ।”

गान्धीले पुरानो वा अनावश्यक सामान (चश्मा) खाँचो हुनेहरूका लागि वा आफूलाई सहयोग पु¥याउने व्यक्तिलाई दिने गरेको बताइएको छ ।

सन् १९२० वा ३० को दशकमा दक्षिण अफ्रिकामा बेलायती पेट्रोलियम पदार्थको कारोबार गरिरहेको समय अहिंसावादी गान्धीले विक्रेता काकालाई चश्मा दिनुभएको ती लिलामकर्ता व्यक्तिले फर्मलाई बताएका बुझिएको छ ।

बिक्री मूल्य १५ हजार पाउण्डस्र्टलिङ वरिपरी हुने अनुमान गरिएको थियो तर चश्माको मूल्य अपेक्षाभन्दा निकै गुणा बढी अर्थात् दुई लाख ६० हजार पाउण्डस्टर्लिङ परेको छ ।

लिलामकर्ता फर्मका एन्ड्र्यू स्टोले स्काई न्यूजसँग भन्नुभयो, “यस महिनाको सुरूमा ती विक्रेताले ‘यदि चश्मा राम्रो नभएमा फ्याक्न भनेका बताइएको छ ।

चश्माको मुल्य १५ हजार पाउण्ड पर्ने बताएपछि उसलाई झस्काएको थियो । “मैले सोचेँ मूल्य सुनेर उनले होस गुमाए,” स्टोले बताए । एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्