एसएलसी नतिजा सार्वजनिक , ४७.४३ प्रतिशत विद्यार्थी उत्तिर्ण

<span class='c1'>एसएलसी नतिजा सार्वजनिक , </span> <span class='c2'>४७.४३ प्रतिशत विद्यार्थी उत्तिर्ण</span>

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७१ को प्रवेशिका परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
गत वर्ष जेठ ३० गते नतिजा सार्वजनिक भए पनि यसवर्ष भूकम्पले कार्यालय भवनमा क्षति पुर्‍याएका कारण केही दिन ढिलो भएको हो ।
यसवर्षको एसएलसीमा ४७.४३ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । २०७१ चैतमा भएको परिक्षामा ५ लाख ७१ हजार सहभागि थिए ।
नतिजा सार्वजनिक गर्नका लागि परिक्षा नियन्त्रण कार्यालयले अहिले पत्रकार सम्मेलन आयोजना गरेको छ । गत वर्ष ४३.९२ प्रतिशत उत्तिर्ण भएका थिए ।
यसैबिच
यस वर्षदेखि सुरु भएको प्राविधिकतर्फको प्रवेशिका परीक्षाको नतिजा भने एक साता ढिलो हुने र श्रेणीकरण पद्धतिबाट हुने द्वारेले जान्कारि दिनुभएको छ ।
यस वर्षको नियमित परीक्षामा पाँच लाख ७४ हजार ६ सय ८५, पुनः परीक्षातर्फ एक लाख ४५ हजार एक सय ८३ तथा प्राविधिकतर्फ तीन हजार दुई सय ८८ छन् । परीक्षा गत वर्ष चैत ५ देखि १३ गतेसम्म सञ्चालन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्