नोवेल मेडिकल कलेजमा प्रशिक्षार्थी डाक्टरहरूको आन्दोलन चरम रुप

<span class='c1'>नोवेल मेडिकल कलेजमा प्रशिक्षार्थी</span> <span class='c2'>डाक्टरहरूको आन्दोलन चरम रुप</span>

विराटनगर, ४ असार : नोवेल मेडिकल कलेजमा अध्ययनरत प्रशिक्षार्थी डाक्टरहरूको आन्दोलनले चरम रुप लिएको छ ।  श्रमको उचित पारिश्रमिक दिनुपर्ने र भर्ना हुँदा कलेजमा बुझाएको ५० हजार धरौटी फिर्ता हुनुपर्ने माग गर्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिएका उनीहरूलाई अस्पताल प्रशासनले छात्रवास र अस्पताल प्रशासनमा रोक लगाएपछि आन्दोलन चर्किएको हो । कलेज प्रशासनले एमवीवीएस पास आउट भएर इन्टर्न गरिरहेका आफूहरूको  श्रमशोषण गरेको भन्दै उनीहरू असार १ गतेदेखि शान्तिपूर्ण आन्दोलन गर्दै आएका थिए । तर अस्पताल प्रशसानले २ गते बिहीबार एक्कासी २४ भण्टाभित्र होस्टेल खाली गर्न निर्देशन दिँदै अस्पताल प्रवेशमा समेत रोक लगाएपछि उनीहरूले आन्दोलन चर्काएका हुन् । टाढा–टाढाबाट आएका आफूहरूलाई एक्कासि कलेजले होस्टेल खाली गर्न निर्देशन दिँदै होस्टेल र अस्पताल प्रपेशमा रोक लगाएपछि आफूहरू अलपत्र परेको  भन्दै उनीहरू भक्कानिए । अस्पताल प्रशासनले अस्पताल वार्डहरूमा र मन्त्रालयमा समेत खबर नगरी आन्दोलनमा उत्रिएको आरोप लगाए पनि आफूहरू आन्दोलनको विषयमा जानकारी गराएको प्रशिक्षार्थी डाक्टर गणेश फुलाराले बताउनुभयो । विश्वविद्यालयले नै प्रशिक्षार्थी डाक्टरहरूको श्रमको सम्मान गर्दै उचित पारिश्रमिक तोक्नुपर्ने उनीहरूको भनाइ छ । ३६ घण्टासम्म खट्दा साँझ– बिहान खाना खानसमेत नपुग्ने पारिश्रमिक पाउँदा आफूहरू निकै पीडित बनेको उनीहरूको गुनासो छ । यता कलेज प्रशासनले भने प्रशिक्षार्थी डाक्टरहरूलाई तलब दिनुपर्ने कुनै नियम नभएको र उनीहरूलाई यहाँ चित्त नबुझेमा अरु नै अस्पतालमा समेत इन्टर्नसिप गर्न सक्ने जनाएको छ । कलेजका निर्देशक सुनिलकुमार शर्माले आन्दोलनरत प्रशिक्षार्थी डाक्टरहरूको माग पूरा गर्न नसक्ने बताउनुभयो । आन्दोलनरत उनीहरूका कारण अन्य विद्यार्थीहरूलाई सुरक्षाको समस्या भएको भन्दै कलेज प्रशासनले अर्काे सूचना जारी नगरुञ्जेल उनीहरूलाई अस्पताल र होस्टेल प्रवेशमा रोक लगाएको छ । उनीहरूलाई कलेज आफैंले अर्काे सूचना जारी नगरुञ्जेलसम्मका लागि आ–आफ्नो घरसम्म पु¥याउने व्यवस्था मिलाउने कलेज प्रशासनले जनाएको छ ।

makalu

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्