बेलायतले क्वारेन्टिन अवधि घटाएर १० दिन बनाउदै

<span class='c1'>बेलायतले क्वारेन्टिन अवधि घटाएर</span> <span class='c2'>१० दिन बनाउदै</span>

बेलायतले विदेशबाट आउने यात्रुहरू र कोभिड–१९ सङ्क्रमित व्यक्तिलाई लक्षित गरी १४ दिन एकान्त (सेल्फ–आइसोलेसन) तथा क्वारेन्टिनमा रहनुपर्ने नियमलाई १० दिन कायम गर्ने शुक्रबार जानकारी गराएको छ ।

वेल्समा यस पहिल्यै यो नियम लागु गरिएको छ । अब भने संयुक्त अधिराज्य (बेलायत) का इङ्ल्याण्ड, स्कटल्याण्ड, उत्तरी आयरल्याण्ड तीनै राज्यमा कोभिड नियन्त्रणका लागि लिइएको नयाँ नियम सोमबारदेखि लागु हुनेछ ।

कोभिड–१९ का विरामीहरूको समस्यालाई चिकित्सकीय विधिबाट अनुसन्धानपछि १० दिन मात्र क्वारेन्टिन बस्नुपर्ने नियम लागु गर्दा कुनै फरक नपर्ने ठहर बेलायतले गरेको हो ।

कार्डिफ, एडिनबर्ग र बेलफास्टको सरकारहरूले भने आफ्नै स्वास्थ्य नीति तय गरेका छन् र भाइरसको फैलावट रोक्न विभिन्न प्रतिबन्धहरू लागू गरेका छन् ।

“सङ्क्रमितले पनि १० दिनसम्म सामाजिक दूरी कायम गरी अलग बसेमा उसलाई घर वा काममा फर्किन अनुमति दिनेछांै,” बेलायती वरिष्ठ चिकित्सा अधिकारीहरूले बताए । सङ्क्रमण नियन्त्रणका लागि क्वारेन्टिन र सेल्फ आइसोलेसन बस्नु महत्वपूर्ण भएको उनीहरूले बताए ।

बेलायतमा विगत २८ दिनमा सङ्क्रमित ५१६ जनाको मृत्यु भएको र अहिलेसम्म कोभिड–१९ सङ्क्रमित ६३ हजारभन्दा बढीको मृत्यु भएको छ । बेलायतमा कूल सङ्क्रमितको सङ्ख्या करिब १८ लाख पुगेको छ ।

यो हप्ताको सुरुमा सरकारले फाइजर र बायोएनटेकद्वारा उत्पादन गरेका कोभिड–१९ विरुद्धका खोपलाई मान्यता दिएपछि देशभरका ७३ अस्पतालमा एकै पटक खोप सेवा सुरु गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्