नोवेल हस्पिटलको ओपीडी अनिश्चितकालीन बन्द

<span class='c1'>नोवेल हस्पिटलको ओपीडी</span> <span class='c2'>अनिश्चितकालीन बन्द</span>

विराटनगर, ९ असार : उचित पारिश्रमक र धरौटीबापतको रकम फिर्ताको माग गर्दै एकसातादेखि आन्दोलनरत नोेवेल मेडिकल कलेजका प्रशिक्षार्थी डाक्टरहरूको आन्दोलन जटिल बन्दै गएको छ । शिक्षा मन्त्रालयले वार्तामा बोलाएको भए पनि विद्यार्थीहरू माग पूरा हुने वातावरण नदेखिएको भन्दै वार्तामा जान अस्वीकार गरेपछि कलेज र विद्यार्थीबीचको समस्या झन् जटिल बनेको हो । श्रमशोषण गरेको र धरौटीबापतको रकम फिर्ताको माग गर्दै आन्दोलनमा उत्रिएका उनीहरूले माग पूरा गराउन प्रशासन मौन भएको भन्दै बुधबारदेखि अनिश्चितकालका लागि ओपीडी सेवा बन्द गरेका छन् । यसअघि मंगलबारसमेत दिनभरि ओपीडी सेवा अवरुद्ध गरेका उनीहरूले  शिक्षा मन्त्रालयले असार ११ गतेका लागि वार्तामा काठमाडौं बोलाएपछि ओपीडी सेवा बन्दको कार्यक्रम तत्कालका लागि फिर्ता लिएका थिए । तर कलेज प्रशासन र विद्यार्थीबीचको विषय भएकाले कलेज प्रशासनले  नै यो समस्याको समाधान गर्नुपर्ने भन्दै उनीहरूले बुधबारदेखि पुनः ओपीडी सेवा र वार्डमा हुने नयाँ भर्नासमेत बन्द गरेका छन् । दिनभरि ओपीडी सेवा अवरुद्ध हँुदा बिरामीलाई समस्या पर्ने भन्दै प्रहरी प्रशासनले सेवा सुचारु गराउने प्रयास गरेको थियो । तर लगभग एक सय जनाको हाराहारीमा खटिएका प्रहरी टोलीले ओपीडी सेवा सुचारु गराउन सकेन ।  नोवेल मेडिकल कलेजभन्दा ठूला कलेजहरूमा पनि यस्ता समस्या आइसकेको तर अन्य कलेजहरू आफैंले त्यो समस्याको समाधान गरेको भन्दै सुनिल शर्माले आफ्नो शक्तिको आधारमा आफूहरूलाई पेल्न खोजेको उनीहरूको आरोप छ । समस्याको समाधान गर्नेभन्दा पनि झुलाउने उद्देश्यले मन्त्रालयमा बोलाइएको उनीहरूको भनाइ छ । मन्त्रालयले सबै मेडिकल कलेजहरूलाई वार्ताका लागि पत्र पठाएको भए पनि अन्य मेडिकल कलेजहरूमा सो पत्र नपुगेको भन्दै मन्त्रालयको वार्ताबाट समस्याको समाधान नहुने उनीहरूको भनाइ छ । यता कलेज प्रशासनले विद्यार्थीहरूकै आग्रहमा आफूहरूले मन्त्रालयमा वार्ताका लागि पहल गरेकाले हाल आएर विद्यार्थीहरूले वार्तामा जान्न भन्नु उपयुक्त नहुने बताएको छ । कलेज प्रशासनले काठमाडौं विश्वविद्यालयलाई समेत आफूहरूले गुहार मागेको र विश्वविद्यालयले पारिश्रमिकका विषयमा गर्ने निर्णय आफूलाई मान्य हुने जनाएको छ । नोवल मेडिकल कलेजमा दैनिक एक हजारभन्दा बढी बिरामीहरू उपचारका लागि आउने गरेको अस्पताल प्रशासनले जनाएको छ । कलेज प्रशासन र विद्यार्थीहरूबीचको विवादले अस्पतालमा आउने बिरामीले सास्ती खेप्नुपरेको छ ।

makalu

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्