जोखिमपूर्ण खेल देखाउदै बाल बालिका

<span class='c1'>जोखिमपूर्ण खेल देखाउदै</span> <span class='c2'>बाल बालिका</span>

विराटनगर, असार ११ : बालबालिकाकोे उमेर भनेको पढ्ने उमेर हो । तर भारत राजस्तान र अररियाका केही बालबालिकाहरु भने नेपालमा जोखिमपूर्ण खेल देखाएर पढ्ने उमेरको समय बेतित गरिरहेका छन् । खुट्टामा बाँस जोडेर उनीहरुले देखाएको खेल जो कोहीले आश्चर्य मानेर हेर्ने गरेका छन् । दिउसोको प्रचण्ड गर्मीले हिडडुल गर्न पनि मुस्किल छ विराटनगरमा । तर गर्मीको कुनै परवाह छैन यी ८ बर्षिय बालक अपनिशलाई भने । उनको खेलाले बाटामा हिड्ने मानिसहरुको गर्मीलाई समेत भुलाई दिएको छ । जोखिमपूर्ण खेल देखाएर उनले धेरै बटुवाको मन जित्ने गरेका छन् । विराटनगरस्थित न्यूरो अस्पताल अगाडी उनले खेल देखाइरहँदा अस्पतालमा आएका विरामी र विरामीका आफन्तसमेत एकछिन उनको खेलमा रमाए । भारत राजस्तानका अपनिषले ६ बर्षको उमेरदेखि खेल देखाउन थालेका हुन । नेपालमा भने उनी १ महिनादेखि खेल देखाउदै आएका छन् । भारत र नेपालका शहरहरुमा मात्रै नभएर उनी भुटान र चाइनासम्म खेल देखाउन पुग्ने गरेका छन् । अपनिशको साथमा भारत अररियाका १२ बर्षिय आशिक र ६ बर्षका बालक राज पनि छन् । जसको नेतृत्व आशिकले गरिरहेका छन् । आशिकले नेपालमा आएर खेल देखाउन थालेको ६ बर्ष भयो । आशिक ढोल बजाउछन् भने अपनिष र राज त्यसको तालमा विभिन्न प्रकारका खेल देखाउछन् । अहिले उनीहरुले पूर्वका विभिन्न ठाउँहरुमा यसरी नै खेल देखाउदै आएका छन् । आशिकका अनुसार खेल देखाएर दैनिक ८ सय रुपयाँसम्म कमाइ हुने गरेको छ । त्यसबापत कमाएको पैसाले आँखाको क्यान्सर भएका बाबुको उपचार र भाईको पढाइमा खर्च गर्ने उनले बताए । आशिक, अपनिष र राज  मात्र हैन उनीहरु जस्ता पूर्वी नेपालमा खेल देखाउने १४ जनाको समुह सक्रिय छ जसमा अधिकांश बालबालिका छन् । उनीहरु इटहरीमा कोठा भाडा लिएर बसेका छन् । दिनभरी ठाउँठाउँमा गएर खेल देखाए पनि राती बास बस्न भने सबैजना इटहरी नै फर्किने गरेको उनीहरुले बताए । आशिक, अपनिष र राज खेल देखाउन जति पोख्त छन् भढाइमा भने सुन्य छन् । उनीहरुको समुदायमा पढाइलाई भन्दा पनि खेललाई प्रामिकता दिने गरेका कारण शिक्षाको उज्याले घामबाट उनीहरु बन्चित छन् ।

makalu

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्