भूकम्पपीडितको सहयोगका लागि मोरङबाट तीन करोड ४० लाख

<span class='c1'>भूकम्पपीडितको सहयोगका लागि मोरङबाट</span> <span class='c2'>तीन करोड ४० लाख</span>

मोरङ, ११ असार, भूकम्पपीडितको सहयोगका लागि मोरङबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु तीन करोड ४० लाख ४१ हजार ५७८ जम्मा भएको  जिल्ला प्रशासन कार्यलय मोरङले जनाएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीको अग्रसरतामा रु तीन करोड ४० लाख ४१ हजार ५७८ जम्मा भएको हो । त्यसमध्ये मोरङमा कार्यरत कर्मचारीको तलबबाट रु दुई करोड १६ लाख ८९ हजार ६६६ सङ्कलन भएको छ ।

त्यस्तै, मोरङमा रहेका उद्योग र सङ्घसंस्था, राजनीतिक दल, नागरिक समाज, उद्योग वाणिज्य सङघ, शैक्षिक संस्था, विभिन्न समुदाय, र व्यक्तिगत रुपमा रु एक करोड २३ लाख ५१ हजार ९८४ रुपैयाँ ५२ पैसा कोषमा जम्मा गरिएको हो । मोरङबाट व्यक्तिगत र विभिन्न सङ्घसंस्थाले भूकम्प प्रभावित क्षेत्रमा पुगेर झन्डै १५ करोड रुपैयाँ बराबरका सामग्री वितरण गरेको प्रशासनको अनुमान छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्