विराटनगरको पहिचान दिने गरि उत्तरी प्रवेशद्वारमा निर्माण गरिने भनिएको नयाँ स्वागतद्वारको डिजाइन सार्वजनिक भएपछि सामाजिक संजालमा चर्को आलोचना सुरु भएको छ ।
राजमार्गलाई विस्तार गरि ६ लेनको सडक बनाएसँगै पुरानो स्वागतद्वार भत्काएर नयाँ स्वागतद्वार निर्माण गर्नका लागि महानगरले खुल्ला प्रतिस्प्रर्धाबाट १४ कम्पनिसँग डिजाइन माग गरेको थियो ।
अढाई करोडको लागतमा चालु आर्थिक वर्ष भित्रै काम अगाडी बढाउनका लागि स्रोतको व्यवस्थापन गरि स्वागतद्वारको निर्माण गर्ने तयारी भएसँगै सार्वजनिक भएको उक्त डिजाइनका बारेमा विराटनगरवासीले गरेको टिप्पणी यस पोस्टमा समावेश गरेका छौं ।
विशेष गरि छनौटमा परेको डिजाइन मौलिक नभएको र विराटनगरको पहिचान नबोकेको भनि विराटनगरवासीले आलोचना गरेका छन् । यसै गरि केहिले छनौट लगायतको प्रक्रिया पारदर्शी नभएको समेत गुनासो गरेका छन् ।
यहाँ ति टिप्पणीहरु जस्ताको त्यस्तै राखेका छौं :