देशभर १२ औं राष्ट्रिय धान दिवस मनाइयो

<span class='c1'>देशभर १२ औं राष्ट्रिय</span> <span class='c2'>धान दिवस मनाइयो</span>

विराटनगर, १५ असार : विभिन्न कार्यक्रम आयोजना गरेर मंगलबार देशभर १२ औं राष्ट्रिय धान दिवस मनाइएको छ । दही चिउरा खाँदै र रमाइलो गर्दै खेतमा धान रोपेका दृश्यहरु जताततै देखियो । नेपाली किसानहरुले परम्परगत रुपमै वर्षौदेखि आसार १५ मनाउँदै आएका छन् । असार–१५ मा खासगरी दही–चिउरा र केरा खाने परम्परा छ । खेतमा रोपाइँ गरेर दही–चिउरा खाने हुनाले आजको दिनलाई दही–चिउरा खाने दिनका रुपमा समेत चिनिन्छ । असार महिनाको तातोघाममा कडाश्रममा खटिनुपर्ने भएकाले शीतलता प्रदान गर्ने दही तथा केरा खाँदा स्वास्थ्यलाई समेत फाइदा पुग्ने विश्वास गरिन्छ । आजभोलि रोपाइँ नगर्नेहरुले समेत दहीचिउरा, केरालगायतका खोनकुरा खाँदै असार १५ मनाउने चलन छ । खासगरी खेती किसानी गर्नेहरुमा असार–१५ को विशेष महत्व छ । पछिल्लो सयम सरकारले राष्ट्रिय धान दिवस घोषणा गरेपछि असार १५ को महत्व झन् बढेर गएको छ । सरकारले २०६० सालदेखि असार–१५ मा राष्ट्रिय धान दिवस मनाउने घोषणा गरेपछि हरेक वर्ष धान दिवस मनाउने क्रम बढेर गएको छ । सरकारी निकायहरुले समेत असार १५ मा सामूहिक रोपाइँ तथा बेठीलगायतका कार्यक्रम गर्दै आएका छन् । यो वर्ष राष्ट्रिय धान दिवसको नारा ‘धान खेतीमा यान्त्रीकरण उत्पादन लागतमा न्यूनीकरण’  भन्ने तय गरिएको छ ।  नेपालको प्रमुख खाद्यान्न बालीसमेत धान नै भएकाले असार–१५ को विशेष महत्व छ । सरकारीस्तरबाट समेत असार–१५ लाई धान दिवस मनाउन थालेपछि यसले थप महत्व पाएको छ । तर सरकारले असार–१५ लाई धान दिवसको रुपमा मनाउने घोषणा गरेपनि धान खेतीको विकास र विस्तारमा भने ध्यान दिएको पाइँदैछ । नेपालमा वर्षमा करिब ९० अर्ब रुपैयाँ बराबरको धान उत्पादन हुने गरेको छ । कुल धानखेती हुनेमध्ये करिब २१ प्रतिशत जमिनमा मात्र सिंचाइ सुविधा उपलब्ध भएकाले बाँकी क्षेत्रका किसान आकाशेपानीको भर पर्नुपर्ने स्थिति छ । नेपालका मनाङ, मुस्ताङबाहेकका अन्य सबै जिल्लामा धान उत्पादन हुने गर्दछ । सुनसरी, मोरङ, झापा, सिरहा, सप्तरीलागायतका जिल्लाहरु नेपालका धान उत्पादन हुने प्रमुख जिल्ला हुन् ।

makalu

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्