कोशी नदीमा पानीको बहाव यो बर्षकै उच्च

<span class='c1'>कोशी नदीमा पानीको बहाव</span> <span class='c2'>यो बर्षकै उच्च</span>

बिराटनगर असार १७

सुनसरीस्थित सप्तकोशी नदीमा पानीको बहाव यो बर्षकै उच्च पुगेको छ । नदीमा पानीको बहाव उच्च भएसंगै गएराती व्यारेजमा खतरा स्वरुप रातो बत्ती बालेर एकतर्फी सवारी संचालन गरिएको थियो । नदीमा प्रतिसेकेण्ड १ लाख ५० हजार क्युसेक पानी नाघेपछि खतरा मानिदैं आएको छ ।
यसैबिच आज बिहान गरिएको मापन अनुसार भने नदीमा पानीको बहाव केही घटेको छ । पूर्वी पहाडी जिल्लाहरुमा लगातार बर्षा हुन थालेपछि नदीमा पानीको बहाव बढ्ने क्रम जारी रहेको छ । उता, कोशी पीडित संघर्ष समितिले भने सप्तकोशीमा बाढी आउंदा समेत भारतले कोशी व्यारेजका सबै ढोका नखोल्दा बर्षादको तीन महिना त्रासमा बस्नु परेको भन्दै व्यारेजको सबै ढोका खोल्न भारत सरकारसंग आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्