विराटनगर १९ असार
महिलाहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले ट्रेड युनियक कांग्रेस मोरङले विराटनगरमा तिन महिने सिपमुलक तालिमको आयोजना गर्ने भएको छ । जापान इन्टर नेसनल लेबर फाउण्डेशन जिलाफको सहयोगमा ट्रेड युनियनले आगामी अगष्ट देखि तिन महिने तालिम सुरु गर्ने जनाएको छ । तालिमका लागि सहभागि छनौट गर्न ट्रेड युनियनले आज विराटनगरमा एक दिने अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको छ । अभिमुखिकरणमा बोल्दै विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीले सिपमुलक शिक्षाको अभावमा नेपालमा गरीबिको अन्त्य हुन नसकेको बताउनुभयो । अबको आवश्यकता सिपमुलक शिक्षा भएकाले यसतर्फ सबैले ध्यान पुर्याउनुपर्नेमा उहाले जोड दिनुभयो । अभिमुखिकरणमा ५० जनाको सहभागिता रहेको थियो । सहभागि ५० जना मध्ये ३० जनालाइ छनौट गरीने र विभिन्न सिपमुलक तालिमहरु प्रदान गरिने ट्रेड युनियन मोरङले जनाएको छ । यस अभिपनि ३० जनाको छनौट भइसकेको र पुनः अर्काे अभिमुखिकरणबाट ३० जना छनौट गरेर ब्युटिसियन, सिाइकटाइ, लगायतका विषयमा तालिम सुरु गर्ने जनाइएको छ ।
००००००००००००००