भोलि देशव्यापी आमहड्ताल

<span class='c1'>भोलि देशव्यापी</span> <span class='c2'>आमहड्ताल</span>

काठमाडौं । नेकपा प्रचण्ड(माधव समूहले भोलि बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ । संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ति गरिएको भन्दै प्रचण्ड–माधव समूहले पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्ने गर्दै भोलि आम हड्ताल गर्ने निर्णय गरेको हो ।

संघर्षका कार्यक्रम घोषणा गर्दै संघर्ष समिति सहसंयोजक पम्फा भुसालले एकपछि अर्को असंवैधानिक कदमको विरोधमा आमहड्तताल गर्ने जानकारी दिनुभयो । प्रतिनिधिसभा बिघटन गरेर सवैधानिक निकायका प्रमुखको नियुक्ति समेत असंवैधानिक भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

संसद बिघटन भईसकेको अवस्थामा सभामुखले परिषद्को सिफारिस फिर्ता पठाउँदा समेत प्रधानमन्त्रीले मनमौजी रुपमा नियुक्ति गरेकोले त्यसको खारेजीको माग गरिएको छ । लोकतन्त्रको रक्षाका लागि सम्पूर्ण देशभक्त र लोकतान्त्रिक मूल्यमान्यता मान्ने आमनागरिकलाई आन्दोलनमा सरिक भईदिन आग्रह गरिएको छ । कामचलाउ सरकारले यस्तो नियुक्ति गर्न नपाउने दावी गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्