बिराटनगर २० असार्
बिराटनगरमा होटल नमस्कारले शुरु गरेको ५ दिने कुकिङ र होटल म्यानेजमेन्टका अन्य बिधामा तालिम सम्पन्न भएको छ । उक्त तालिममा विभिन्न कलेज पढिरहेका युवाहरुले भाग लिएका थिए । तलिममा उनिहरुले खाना पकाउने तथा अन्य बिधामा तालिम लिएको नमस्कार होटल कि संचालक रिमा श्रेष्ठले बताउनुभयो । समापन समारोहमा बिराटनगरका शिक्षा क्षेत्रका व्यक्ति , पत्रकार , तथा युवा अभियनता हरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा तालिम लिएका युवाहरुले विभिन्न खेल तथा आफैंले खाना पकाएर खुवाएका थिए । नमस्कार होटलमा होटल म्यानेजमेन्टका ३ महिने सिटिईभिटिका कक्षा पनि संचालन हुदै आएका छन।