४० वर्षमुनिका महिला एक्लै विदेश भ्रमण गर्न परिवारको सहमति चाहिने

<span class='c1'>४० वर्षमुनिका महिला एक्लै विदेश</span> <span class='c2'>भ्रमण गर्न परिवारको सहमति चाहिने</span>

४० वर्ष भन्दा मुनिको नेपाली महिला वैदेशिक भ्रमणमा जाँदा अनिवार्य रुपमा परिवारको सहमति चाहिने नयाँ नियम सरकारले ल्याउदैछ ।
अध्यागमन विभागले अध्यागमन कार्यविधि २०६५ को भिजिट भिसासम्बन्धी व्यवस्थालाई संशोधन गर्नका लागि गरेको प्रस्तावमा यो नियम थप गरेको छ ।
गृह मन्त्रालयबाट यो संशोधन पारित भएपछि एक्लै विदेश भ्रमणमा जाने महिलाहरूको लागि यो नियम लागु हुन लागेको छ ।

नयाँ कार्यविधिअनुसार ४० वर्षमुनिका महिलाहरू एक्लै विदेश भ्रमणमा जाँदा अब वडा कार्यालयको र पारिवारिक सहमति अनिवार्य चाहिने बुँदा थपिएको छ ।
अध्यागमन विभागले मानव तस्करी बढेको, महिलाहरु शोषणमा परेको लगायतको अवस्थालाई मध्यनजर गर्दै कार्यविधि संशोधन गर्न लागिएको बताएको छ ।
संशोधनपछि एक्लै विदेश भ्रमणमा जाने महिलाका लागि परिवारको सहमतीका साथै वडाको सिफारिस पन्ध्र लाखसम्मको निर्जीवन दुर्घटना बिमा गर्नु पर्नेछ । यस अघि नै पनि महिलाहरूको लागि दुबै तर्फको टिकट, होटल बुकिङलगायत अनिवार्य थियो।

‘घुम्न भनेर भिजिट भिसामा जाने र उतै काम गरेर बस्ने, त्यसरी काममा जाने महिलाहरू बेचबिखनको जोखिममा परेको, दुर्घटनामा परे उपचार नपाएको, समस्यामा पर्दा उद्धार गर्न नसकेको अवस्था छ,’ विभागका सूचना अधिकारी टेकनारायण पौडेलले भने, ‘कम्तीमा अब त्यस्तो भए पनि उद्धार गर्न सकियोस् भनेर कार्यविधि अद्यावधिक गरिन लागिएको हो।’पौडेलले बताए।
उनका अनुसार ४० वर्षमुनिका महिला एक्लै भ्रमणमा जाँदा वडा कार्यालय र परिवारको सहमति लिएर मात्र जानु पर्ने छ। कतिपय महिलाहरू परिवारको सहमतिबेगर पनि हिँड्ने गरेकाले त्यसलाई कडाइ गर्न पारिवारिक सहमति खोजिएको पौडेलले बताए।
उनले भने , तर ४० वर्षमुनिका महिला परिवारका सदस्य वा श्रीमानसँग भ्रमणमा जाँदा भने पालिकाको सिफारिस र बिमा अनिवार्य छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्