बुधनगर पूर्णखोप सुनिश्चित गाविस घोषणा

<span class='c1'>बुधनगर पूर्णखोप सुनिश्चित</span> <span class='c2'> गाविस घोषणा</span>

विराटनगर २२ असार ।
मोरङको बुधनगर गाविसलाई पूर्णखोप सुनिश्चित भएको गाविस घोषणा गरिएको छ ।  बुधनगरस्थित स्वास्थ्य चौकी मा एक कार्यक्रम गरी बुधनगरलाई पूर्णखोप सुनिश्चित भएको गाविस घोषणा गरिएका हो । कार्यक्रममा मोरङका जनस्वास्थ्य प्रमुख भानु येङ्देनले गाविसलाई पूर्णखोप सुनिश्चित भएको प्रमाणपत्र प्रदान गर्नुभयो । घोषणासभामा बोल्दै येङ्देनले जिल्ला जनस्वास्थ्य कार्यालय र स्वास्थ्य चौकीले सर्वेक्षण गर्दा १२ देखि २३ महिनाका एउटै पनि बालबालिकाहरु खोप लगाउन नछुटेकाले बुधनगर गाविसलाई पूर्णखोप सुनिश्चित भएको गाविस घोषणा गरिएको बताउनुभयो । कार्यक्रममा बोल्दै सभासद अमृत अर्यालले यस क्षेत्रको स्वास्थ्य शिक्षा र विकास निर्माणमा आफू लागिपर्ने बताउनुभयो । उहाँले झापा, मोरङ र सुनसरीलाई मिलाएर बन्ने संघीय राज्यको राजधानीको विराटनगर हुने बताउनुभयो । बुधनगरसहित मोरङका २४ वटा गाविसलाई पूर्णखोप सुनिश्चित भएको गाविस घोषणा गरिसकिएको छ । कार्यक्रममा पूर्णखोप सुनिश्चित भएको गाविस घोषणा गर्न सहयोग पु¥याउने स्वयंसेविकाहरुलाई सम्मानसमेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्