विराटनगर कालाजारमा !! सावधान रहनुहोस …

<span class='c1'>विराटनगर कालाजारमा !!</span> <span class='c2'>सावधान रहनुहोस …</span>

विराटनगर, २४ असार : मोरङका विभिन्न गाविसमा कालाजार प्रकोप फैलिन थालेपछि  नगरवासीको सुरक्षाका लागि औषधि छर्किन थालिएको छ । बिहीबार विराटनगर ७ नम्बर वडामा जिल्ला जनस्वास्थ्य कार्यालयसहितको टोलीले प्रकोप नियन्त्रणका लागि औषधी छिर्किएको हो । मोरङको मझारे, भाथिगछ, बवियाविर्ता, कटहरी, दर्वेशा, रंगेली, शिसवनीजदाहा र विराटनको सरौचिया कालाजार प्रभावित क्षेत्र मानिन्छन् । विराटनगरको सरौचिया बस्तीमा ९ जनामा कालाजारको संक्रमण देखिएको छ । मोरङमा अघिल्लो वर्षको तुलनामा यो वर्ष कालाजारका बिरामीको संख्या वृद्धि भएको छ । सेन्ट फ्लाई नामक भुसुनाको टोकाइबाट लाग्ने कालाजारबाट सुकुम्बासी, दलित र निम्न आय भएका व्यक्तिहरु बढी प्रभावित हुने गरेका छन् । कालाजार  प्रभावित व्यक्तिलाई भुसुनाले टोकेर अर्को स्वस्थ्य व्यक्तिलाई टोके यो रोग सर्छ । यो रोग लागेमा ज्वरो आउने, फियो बढ्नेलगायतका लक्षण देखिने सम्बन्धित चिकित्सकहरुले बताएका छन् । गत वर्ष १ सय ७८ जनामा कालाजार भेटिएको थियो भने यो वर्ष १ सय ८२ जनामा कालाजार भएको पाइएको अनुगमनमा गएको टोलीले जनाएको छ । रोगको संक्रमण फैलिन थालेपछि बिहीबार प्रभावित क्षेत्रमा औषधि छर्किएको छ । यो रोगबाट बच्न सुत्दा झुलको प्रयोग गर्ने, साँझपख बाहिर नबस्ने, घरवरिपरि सफा राख्ने र रोग लागिसकेपछि अस्पतालमा भर्ना भएर औषधि सेवन गरेमा बच्न सकिन्छ । सरसफाई र आफ्नो स्वास्थ्यमा ध्यान नदिंदा विशेष गरी गरिबीको चपेटामा परेका सर्वसाधारण कालाजार औलोलगायतका रोगबाट बढी प्रभावित भएका छन् । तसर्थ यस्ता रोग नियन्त्रणका लागि कालाजार जोखिमयुक्त क्षेत्रको पहिचान गरी जनचेतना, स्वास्थ्य शिविर सञ्चालनका साथै गरिबी न्यूनीकरणका कार्यक्रमसमेत सञ्चालन गर्न आवश्यक छ ।

makalu

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्