विश्वमा कोरोना भाइरसको सङ्क्रमण कम हुँदै, सङ्क्रमण पुष्टि हुने र ज्यान गुमाउनेको सङ्ख्या दिन प्रतिदिनघट्दै

विश्वमा कोरोना भाइरसको सङ्क्रमण कम हुँदै, सङ्क्रमण पुष्टि हुने र  ज्यान गुमाउनेको सङ्ख्या  दिन प्रतिदिनघट्दै

विश्वमा कोरोना भाइरसको सङ्क्रमण कम हुँदै गइरहेको छ । कोरोना सङ्क्रमण पुष्टि हुने र कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या दिन प्रतिदिनघट्दै गइरहेको हो ।

विश्वमा एकै दिन पाँच लाखभन्दा बढीलाई कोरोना पुष्टि हुने गरेको थियो । एकै दिन १० हजारभन्दा बढीले ज्यान गुमाइरहेका थिए । तर पछिल्लो २४ घण्टामा हेर्ने हो भने २ लाख ९८ हजार २ सय ८२ जना नयाँ सङ्क्रमित थपिएका छन् भने ५ हजार ७ सय ८१ सङ्क्रमितले ज्यान गुमाएका छन् ।

विश्वमा ११ करोड ४६ लाख ६३ हजार ९ सय ६ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । हालसम्म २५ लाख ४२ हजार पाँच सय ४१ जनाको मृत्यु भइसकेको छ । सङ्क्रमितमध्ये नौ करोड दुई लाख १४ हजार छ सय ३० जनाको उपचार सम्भव भएको छ ।

उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । दुई करोड १९ लाख छ हजार सात सय ३५ सङ्क्रमितको उपचार भइरहेको छ । उपचार जारी रहेकामध्ये ९० हजार पाँच सय ६० जनाको अवस्था चिन्ताजनक छ ।

अमेरिकामा पनि सङ्क्रमण नियन्त्रणउन्मुख छ । यसअघि दैनिक एक लाखभन्दा बढीमा कोरोना पुष्टि हुँदै आएको अमेरिकामा पछिल्लो २४ घण्टामा ४४ हजार सात सय ४४ नयाँ सङ्क्रमित थपिए । जम्मा सङ्क्रमित सङ्ख्या दुई करोड ९२ लाख ४७ हजार पाँच सय ७७ पुगेको छ ।

एकै दिन एक हजार एक सय ३५ जनाले ज्यान गुमाए । यसअघिसम्म दैनिक दुई हजार सङ्क्रमितको मृत्यु हुने गरेको थियो । हालसम्म अमेरिकामा ज्यान गुमाउने सङ्क्रमित सङ्ख्या पाँच लाख २५ हजार आठ सय दुई पुगेको छ ।

एक करोड ९६ लाख ८२ हजार सात सय ४१ जना उपचारपछि निको भएका छन् । ९० लाख ३९ हजार ३४ जना उपचाररत रहेकोमा १५ हजार ४९ जनाको अवस्था गम्भीर छ । अमेरिका कोरोनाका कारण विश्वमा सबैभन्दा बढी प्रभावित बनेको मुलुक हो ।

भारतमा एकै दिन १५ हजार पाँच सय ७२ नयाँ बिरामी थपिएपछि सङ्क्रमित सङ्ख्या १ करोड ११ लाख १२ हजार १२ पुगेको छ । पछिल्लो २४ घण्टामा एक सय छ जनाले ज्यान गुमाएसँगै हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या एक लाख ५७ हजार एक सय ९३ पुगेको छ भने
१ करोड ७ लाख ८४ हजार ५ सय २८ सङ्क्रमित निको भएर घर फर्किएका छन् । एक लाख ७० हजार दुई सय ९१ जना उपचाररत रहेकोमा ८ हजार ९ सय ४४ जनाको स्वास्थ्य अवस्था नाजुक छ । कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा भारत पर्छ ।

त्यसतै ब्राजिलमा पछिल्लो २४ घण्टामा ३४ हजार २७ नयाँ बिरामी थपिएपछि सङ्क्रमित सङ्ख्या १ करोड ५ लाख ५१ हजार दुई सय ५९ पुगेको छ । एकै दिन ७ सय ५५ जनाले ज्यान गुमाएसँगै हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या दुई लाख ५५ हजार १८ पुगेको छ ।

९४ लाख ११ हजार ३३ सङ्क्रमितको उपचार सफल भएको छ । आठ लाख ८५ हजार दुई सय आठ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको स्वास्थ्य अवस्था निक्कै खराब छ । ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो । -एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्