प्रधानमन्त्रीद्वारा गौतमको स्वास्थ्य अवस्थाबारे जानकारी

<span class='c1'>प्रधानमन्त्रीद्वारा गौतमको स्वास्थ्य</span> <span class='c2'>अवस्थाबारे जानकारी</span>

काठमाडौँ
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमको स्वास्थ्य अवस्था बुझ्नुभएको छ ।

उहाँले गौतमको निवास भैँसेपाटी पुगी स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले बताउनुभयो । प्रधानमन्त्री ओलीसँगै परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहाकार विष्णु रिमालसमेत पुग्नुभएको थियो ।

गौतमका स्वकीय सचिव दीपक टमटाका अनुसार केही दिन अघि घरभित्र लडेर उहाँलाई सामान्य चोटपटक लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्