अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विराटनगरमा खुल्ला रत्तदान

<span class='c1'>अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा</span> <span class='c2'>विराटनगरमा खुल्ला रत्तदान</span>

विराटनगर ।
नेपाल ट्रेड युनियन महासंघ प्रदेश नं.१ महिला कमिटी र राष्ट्रिय सौन्दर्यकर्मी यनियन नेपाल विराटनगर महानगर कमिटीको सयुक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

१११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर विराटनगर ९ स्थित हिमालय रोडमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
रक्तदान कार्यक्रममा ३६ पिण्ट रगत संकलन गरिएको राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगरकी सचिब भलि सुब्बाले जानकारी दिनुभयो । रत्तदान कार्यक्रममा विद्यार्थी , स्थानिय व्यापारी , युवा तथा युनियनका सदस्यहरुले रक्तदान गरेका थिए ।
रक्तसंचार केन्द्रमा रगत अभाव भइरहेको अवस्थामा रगत सहज रुपमा उपलब्ध गराउने उद्देश्यले रक्तदान गरिएको राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगरकी अध्यक्ष अमिता पोखरेल (पौडेल) ले बताउनुभयो । उक्त संस्थाले यस अघि पनि विभिन्न सामाजिक र सचेतना मुलक कार्यक्रमहरु पनि गर्दै आएको छ । भर्खरै गठन भएको नयाँ कार्य समितिको पहिलो कार्यक्रम रहेको सौन्दर्यकर्मी युनियन नेपाल महानगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्