विराटनगर २६ असार ।
प्रेम देवान
विराटनगरको बुधनगर ४ स्थित सुख्खा बन्दरगाहाबाट प्रहरीले हिजो भन्सार छलेर ल्याएको अवैध रेडिमेड कपडा नियन्त्रणमा लिएको छ । अस्थायी प्रहरी चौकी मटेरुवाबाट खटेको गस्ती टोलीले गए राती ९ बजे बिराटनगर १८ बस्ने २७ वर्षिय दिनेश यादब र १७ वर्षिय लक्ष्मण कुमार यादवलाई अवैध ३०० थान सेन्डो भेष्टसहित नियन्त्रणमा लिईएको छ । उनीहरुले को. ७ प ६२७ नं.को मोटरसाइकलमा राखि भारतबाट अन्दाजी ६० हजार मूल्य बराबरको सेन्डो भेष्ट लुकाइ छिपाई ल्याउदै थिए। बरामद कपडा र मानिसलाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भइरहेको छ।
००००