विराटनगर । विगत लामो समयदेखी सामाजिक क्षेत्रमा काम गर्दै आएको ‘नारी द पावर ग्रुप’ले वृदा आश्रममा रहेका आमाहरुलाई एकसरो सारी तथा खानाको व्यावस्था गरिएको छ ।

आज १११ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा ‘नारी द पावर ग्रुप’ले मोरङको बुढीगंगा १ मा रहेको जागृती महिला वृद्धा आश्रममा रहेका आमाहरुलाई नारी दिवसको अवसरमा खाना तथा सारीको उपलब्ध गराएका हुन् ।
उनीहरुले आश्रममा रहेका आमाहरुलाई एक सरो सुतिको सारी, सल, दैनिकी आवश्यक पर्ने उपभोग्य सामाग्री तथा खाना खुवाएका नारी द पावरकी मन्दिका पौडेलले जानकारी दिनुभयो ।

यसैविच सुनसरी र झापामा रहेको ‘नारी द पावर ग्रुप’ले पनि नारी दिवसको अवसर पारेर मुसहरी बस्तीका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
