अन्तराष्ट्रिय महिला दिवसको उपलक्ष्यमा द जिम आइरन प्याराडाइसले शारिरिक व्ययाम सम्बन्धी प्रतियोगिताको आयोजना गरेको छ । फिटनेश उद्योगमा महिलाहरुलाई सहभागिता गराउने र उनीहरुको मनोबल उच्च बनाउने उदेश्यका लागि यस प्रतियोगिता आयोजना गरेको जिमका संचालक इसरार अहमद (डेभिड) ले बताए ।
उनले पुसअप, वाल सिट, स्क्वाट, नर्मल ह्यांगिङलगायतमा प्रतियोगिता गराएको बताए । प्रतियोगिताको पुसअप तर्फ २६ पुसअप गर्दै नमिता श्रेष्ठ, वाल सिट तर्फ ३ मिनेट २७ सेकेन्ड वालसिट गर्दै मुस्कान श्रेष्ट र प्रितिका साह, स्क्वाट तर्फ एक मिनेटमा ५३ स्क्वाट गर्दै तिराना प्याकुरेल र नर्मल ह्यांगिङ तर्फ एक मिनेट ६ सेकेन्ड बडि ह्यागं गरि नमिता श्रेष्ठ बिजयी हुनु भएको थियो
प्रतियोगितमा १५ जना भन्दा बढि युवति र महिलाहरुले सहभागिता जनाएका संचालक डेभिडले बताए ।