महान्यायाधिवक्ता खरेलद्वारा पदबाट राजीनामा

<span class='c1'>महान्यायाधिवक्ता  खरेलद्वारा</span> <span class='c2'> पदबाट राजीनामा</span>

काठमाडौँ

महान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिएका छन् । आज दिउँसो पत्रकार सम्मेलन गर्दै उनले राजीनामा दिएको घोषणा गरेका हुन् । खरेलले भने, 'प्रधानमन्त्रीलाई भेटेर पदबाट राजीनामा दिएको छु । मैले ३ वर्षमा के-के काम गरेँ यसअघि पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिने गरेको थिएँ । '

उनलाई सरकारले २०७४ फागुन ८ गते महान्यायाधिवक्ता नियुक्त गरेको थियो । २०६४ र २०७० सालका संविधानसभामा सदस्य रहेका उनी केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारमा कानुन मन्त्री समेत रहेका थिए । बार एसोसिएसनका पूर्वमहासचिवसमेत रहेका खरेल महान्यायाधिवक्ता हुनुअघि एमालेका पोलिटब्युरो सदस्य थिए । यसअघि प्रतिनिधिसभा विघटनका विरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दामा सुनुवाइका क्रममा पनि खरेलको राजीनामाको चर्चा भएको थियो ।

उक्त मुद्दामा सरकारका तर्फबाट राम्ररी प्रतिरक्षा गर्न नसकेको भन्दै प्रधानमन्त्री ओली असन्तुष्ट भएको र त्यसैलाई लिएर उनले राजीनामा दिन लागेको चर्चा थियो । त्यति बेला उनले प्रधानमन्त्रीले कुनै असन्तुष्टि व्यक्त नगरेको र आफूले राजीनामा दिने कुरा पनि सत्य नरहेको स्पष्ट पारेका थिए । -e kantipur

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्