मोरङको ९ वटै क्षेत्रमा मस्यौदाको वृह्द सुझाव संकलन गरिने

<span class='c1'>मोरङको ९ वटै क्षेत्रमा मस्यौदाको</span> <span class='c2'>वृह्द सुझाव संकलन गरिने</span>

 

प्रेम देवान

असार  विराटनगर । आगामी साउन ४ र ५ गते मोरंगको ९ वटै निर्वाचनक्षेत्रमा नया संविधानको प्रारम्भिक मस्यौदाका विषयमा वृह्द सुझाव संकलन गरिने भएको छ ।

जिल्ला प्रसासन कार्यालय मोरंङले विराटनगरमा आज गरेको छलफल कार्यक्रमा सो विषयमा जानकारी दिएको हो ।

नया संविधान जारी गर्न जनताको सुझाव संकलनका लागी आएको सभासद्को टोलीले मोरंङ क्षेत्रन–१ का लागी सिजुवा, क्षेत्रन २ का लागी पथरी, ३ का लागी वेलवारी यसैगरी क्षेत्र न ४ का लागी रंगेली, क्षेत्र न ५ का लागी रानी विराटनगर क्षेत्र न ६ का लागी झोराहाट, क्षेत्रन ७ कालागी टंकीसिनवारी, क्षेत्र न ८का लागी केरावारी तथा क्षेत्रन ९ कालगी लेटाङमा वृह्द सुझाव संकलन कार्यक्रम राखिएको मोरंग प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले जानकारी दिनुभयो ।

सुझाव संकलनका लागी गाउ गाउमा असार ३१ गते नै सभासदहरु गाउ पुग्ने बताइएको छ ।

संसद सचिवालयल आयोजनामा हुन लागेको वृह्द सुझाव संकलनका लागी सफल बनाउन गाउ विकास समितिका सचिव , कर्मचारी तथाहरुलाइ समेत परिचालन गरिएको छ ।

सचिवालयका उप–सचिव मनोज कुमार गिरीले नया संविधानका लागी सुझाव संकलन गर्न कार्यक्रको आयोजना गर्न लागेकाले सबैलाई सहभागी हुन आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्