अटिजम विषयमा अन्तरक्रिया सम्पन्न

<span class='c1'>अटिजम विषयमा</span> <span class='c2'>अन्तरक्रिया सम्पन्न</span>

विश्व अटिजम दिवसको अवसरमा अनमोल स्पेशल एजुकेशन सेन्टरले अन्तरक्रियाको आयोजना गरेको छ । अटिजमका विषयमा अभिभावकहरुसँग विशेष अन्तरक्रिया गरिएको हो ।
कार्यक्रममा बाल विकासको क्षेत्रमा कार्यरत चिकित्सक हेमसागर रिमालले अटिजमका बारेमा अभिभावकहरुलाई जानकारी गराउनु भएको थियो । यसका साथै निर्देशक तथा मनोपरामर्शदाता अर्चना रिमालका साथै विद्यालयकि प्रिन्सिपल संगिता न्यौपानेले अटिजम सिकाई उपलब्धीका बारेमा जानकारी गराउनु भएको थियो ।

करिब ४० जना अभिभावकहरुको उपस्थिति रहेको सो अवसरमा विद्यालयका विद्यार्थीहरूले चित्रकलाका मार्फतबाट आफ्नो कला समेत प्रदर्शन गरेका थिए ।
अनमोल स्पेशल एजुकेशन सेन्टरले फरक क्षमता भएका बालबालिकाहरुलाई शिक्षा दिने कार्य गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्