हिन्दुराष्ट्र नेपालको समर्थन जुटाउन कार्यक्रम

<span class='c1'>हिन्दुराष्ट्र नेपालको समर्थन</span> <span class='c2'>जुटाउन कार्यक्रम</span>

असार ३१ विराटनगर

सनातन हिन्दुराष्ट्र नेपाल जागरण अभियान मोरङले हिन्दुराष्ट्र नेपालको समर्थन जुटाउन आज मोरङका विभिन्न स्थानमा कार्यक्रम आयोजना गरेको छ ।

मोरङको उर्लावारीमा ज्ञानेन्द्र वलीको अध्यक्षतामा १ सय १ सदस्यिय समिति ,वेलवारीमा लक्ष्मण थापाको संयोजकत्वमा ५१ सदस्यिय समिति र विराटचौकमा पूर्णप्रसाद दाहालको संयोजकत्वमा ५१ सदस्यिय संघर्ष समिति गठन गरिएको अभियानका संयोजक तिलक प्रसाद रिजालले जानकारी दिनु भयो ।

यसै गरी माोरङका विभिन्न स्थान उर्लावारी,विराटचौक,वेलवारी,रंगेली ,आमवारी,अमरदह ,सिजुवा,इटहरा, र विराटनगरका विभिन्न स्थानमा हिन्दुराष्ट्रको समर्थनमा हस्ताक्षर अभियान जारी रहेको आयोजकले जनाएको छ ।

कार्यक्रममा समाजसेवी तोरेन्द्रमानसिंह प्रधान,इन्दिरा रिजाल,शिवदत्त उपाध्याय ,चक्रपाणी न्यौपाने, श्याम पौडेल लगाएतको उपस्थिति रहेको थियो । श्रावण दुईगते हिन्दुराष्ट्रको समर्थनमा विराटनगरमा वृहत आभसभा हुदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्