मोरङमा कालाजारको समस्या

<span class='c1'>मोरङमा कालाजारको</span> <span class='c2'>समस्या</span>

 

मोरङ, ३१ असार - कालाजार सङ्क्रमणको समस्या यो वर्ष मोरङमा देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले जनाएको छ।

विराटनगरमा प्रकोप नियन्त्रण एवम् डेङ्गु चिकन गुलिया रोगसम्बन्धी अन्तरक्रियामा जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लामा यो वर्ष कालाजारको सङ्क्रमण विगत वर्षहरुको तुलनामा बढी मात्रामा देखिएको जानकारी दियो।

यस जिल्लामा अहिलेसम्म कालाजारबाट ३२ जनाभन्दा बढी बिरामी परेका छन् र उनीहरु सबैको उपचार भइरहेको छ। जनस्वास्थ्य कार्यालयका प्रमुख भानु याङ्देनले विराटनगर उपमहानगरपालिका कालाजारको उच्च जोखिममा रहेको जानकारी दिए।

उनले यस आर्थिक वर्षमा मात्र नौजनामा यो रोगको सङ्क्रमण देखिएको बताए। उनका अनुसार १३ गाविस यो रोगको उच्च जोखिममा रहेका छन्। सरसफाइमा ध्यान दिन नसक्दा लामखुट्टेका कारण कालाजारको समस्या बढ्दै गएको सरकारी अधिकारीहरुको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्