नेपालमा आज साउने संक्रान्ति मनाईदै

<span class='c1'>नेपालमा आज साउने</span> <span class='c2'>संक्रान्ति मनाईदै</span>

 

महिलाहरु एक महिनाका लागी बत्र बस्दै

प्रेम देवान

विराटनगर १ साउन ।

आज नेपालमा साउने संक्रान्ति पर्व मनाइँदैछ । सौर्यमान्यअनुसार सूर्य दक्षिणतर्फ सरी कर्कट रेखामाथि जाने भएकाले आजको दिनलाई कर्कट संक्रन्ति पनि भनिन्छ । कृषिप्रधान देशमा ‘मानो खाइ मुरी उब्जाउने’ प्रचलित कथनअनुसार आषाढ महिनाभर गरिएको खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी यसदिन भोज खाने गर्दछन् । यसैदिन साँझ लुतो, दाग आदि चर्मादी रोगबाट मुक्ति पाउन लुतो फाल्ने चलन रहेको छ । आषाढभर गरिने खेतीपातीका क्रममा हिलोका कारण फैलिन सक्ने चर्मादी रोगबाट जोगिन तुलो फाल्ने प्रचलनस्वरुप यो पर्व मनाउन थालिएको हो । प्राचीन प्रचलनअनुसार कागभलायो, कुकुरडाइनो, लुतेझार, पानीसरो आदि औषधीय वनस्पतिका साथै कागती, निबुवा, अम्बा, अनार, नासपाती आदि फलफूलसहित कन्डारक नामक राक्षसको पूजा गरी घरको चारैतिर बलिरहेको अगुल्टो फ्याँक्ने गरिन्छ । लुतो फ्याँक्दा नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढिकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने चलन छ । महिलाहरुले भने साउने संक्रान्तिका दिनदेखि एक महिना सौभाग्यको प्रतीक हरियो चुरा र मेहन्दी लगाउनका साथै शिवलाई ‘प्रसन्न पार्न’ सोमबारे ब्रत बस्दछन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्