‘मिष्टर एण्ड मिस आइकनिक मोडेल २०२१ ’ को उपाधि ढकाल र पोखरेलले जिते

<span class='c1'>‘मिष्टर एण्ड मिस आइकनिक मोडेल २०२१ ’</span> <span class='c2'>को उपाधि ढकाल र पोखरेलले जिते</span>

बिराटनगर । ‘ए एच पि इन्टरटेन्मेन्ट प्रालि’ ले आयोजना गरेको ‘मिष्टर एण्ड मिस आइकनिक मोडेल २०२१ ’ को उपाधि एबिओना ढकाल र रिजन पोखरेल हात पारेका छन् ।


बिराटनगरमा रहेको पर्पलहेज रेष्टुरेन्ट एण्ड गार्डेनमा शनिबार राती सम्पन्न प्रतियोगितामा ढकाल र पोखरेल उपाधी जित्न सफल भएका हुन् । प्रतियोगिताको फस्ट रनरअपको उपाधि स्वेच्छा ढकाल र सरोज पोखरेलले हात पारे भने,सेकेन्ड फस्ट रनरअपको अमिसा मगर र प्रबिण शर्मा हुन सफल भए ।

प्रदेश सभा सदस्य बिन्दिया कार्कीको प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रममा मोडेल तथा नायिका प्रमिता राना, मेनहन्ट नेपाल २०१७ का ध्रव बुढाथोकी, फेशन कोरियोग्राफर सुजित बस्याल तथा मिस इलाट ब्यूटि क्वीन् नेपाल २०१९ को भावना मल्ल मिष्टर एण्ड मिस आइकनिक मोडेल सौन्दर्य प्रतियोगिताको प्रमुख निर्णायकको भूमिका रहेका थिए ।


बिजेताले जनही २०-२० हजार नगद राशी सहित १५ लाख बराबरको जीवन विमा र १ बर्षको जिम निशुल्क उपहार स्वरुप प्रदान गरिएको आयोजनकले जनाएको छ । यस सौन्दर्य प्रतियोगिताको बिजेताहरुलाई विभिन्न म्युजिक भिडियो तथा चलचित्रहरुमा अभिनय गर्ने मौका दिईने कार्यक्रम संयोजक अमर ल्याहो मगरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्