मोरङ जिल्लामा आईतबारबाट सुझाव संकलन थालिने

<span class='c1'>मोरङ जिल्लामा आईतबारबाट</span> <span class='c2'>सुझाव संकलन थालिने</span>

 

प्रेम देवान

विराटनगर २ साउन । मोरङ जिल्लामा आईतबारबाट संविधानको मस्यौदामा सुझाव संकलनको काम थालिने भएको छ ।

मोरङका सभासदसहितको कार्यालय प्रमुखको आज जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले सुझाव संकलनका लागि ९ निर्वाचन क्षेत्रमा २१ ओटा केन्द्रसमेत तोकेको छ । जनतालाई सुझाव दिन सहज हुने गरी एक निर्वाचन क्षेत्रमा कम्तिमा दुई स्थान सुझाव संकलन केन्द्र तोकिएको हो । ९ ओटा निर्वाचन क्षेत्र रहेको मोरङमा क्षेत्र नम्बर–७ र ८ मा आइतबारबाट जनताको राय–सुझाव लिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले बताउनुभयो । औद्यौगिक क्षेत्रसमेत भएकाले मोरङका मजदुरको सुझावलाई पनि समावेश गर्न ४ गते टंकीसुनबारी र सरोचियामा सुझाव संकलन केन्द्र राख्ने निर्णयसमेत भएको छ । यसैगरी, कारागारका कैदीबन्दीका लागि ३ र ४ गते सुझाव संकलन गरिने छ । कुल ९ लाख ६३ हजार जनसंख्या रहेको जिल्लामा २ हजार ६ सय मस्यौदा वितरण गरिएको र अपुग भएकाले थप ८ सय कपी मगाइएको संविधानसभा सचिवालयका उपसचिव मनोज गिरीले जानकारी दिनुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्