मोरङमा थालियो मस्यौदाको संकलन

<span class='c1'>मोरङमा थालियो</span> <span class='c2'>मस्यौदाको संकलन</span>

 

 

प्रेम देवान

विराटनगर ३ साउन । मोरङमा आजबाट संविधानको मस्यौदा सुझाव संकलन कार्य शुरु गरिएको छ । ९ वटा निर्वाचन क्षेत्र नम्वर रहेको मोरङ अन्तर्गत क्षेत्र नम्वर ७ र ८ मा आजवाट जनताको राय सुझाव लिन कार्य थालिएको हो । राय सुझाव संकलनका लागि तय गरिएका केन्द्रका सहभागीहरुले हिन्दू धर्म कायमा गर्नुपर्ने मुख्य सुझाव दिएका छन । मोरङ क्षेत्र नम्वर ७ अन्तर्गत वरगाछीस्थित सुझाव संकलन केन्द्रमा स्थानीयले लिखित र मौखिक रुपमा सुझाव दिएका हुन् । स्थानीय सुदनकुमार कार्कीले परापुर्वक कालबाट नेपालमा हिन्दू धर्म मान्दै आएकाले उनीहरुका पुर्खा हिन्दु भएकोमा जोड दिँदै अव बन्ने संविधानमा हिन्दु धर्म कायम गरिनु पर्ने सुल्झाएका थिए । अर्का सहभागी एकनाथ आर्चायले अहिलेको संविधानको मस्यौदा सिकारुले लेखेको तमसुक जस्तो भएकाले यसलाई अझ पारिकृत गर्न आवश्य रहेको बताएका थिए । सहभागीहरुले आमा वा बुबा दुवैको नामबाट सन्तानलाई नागरिता दिने प्रावधान समेटनु पर्ने राष्ट्रपतिको उमेरको हद तोक्न नहुने लगायतका सुझाव सभासद तथा संविधान सभा सचिवालयको टोलीलाई दिएका थिए । अधिवता इन्दिरा प्रसाईले अहिलेको संविधानको मस्यौदा राजनीतिक दस्तावेज जस्तो भएकाले यसमा सबैको नेपालीको भवनालाई समेटन नसकिने अवस्थाको रहेको बताइन् । सुझाव संकलनका लागि तय गरिएको गा्रेगाहा उच्च माविमा संविधान सभा सचिवायलका कर्मचारीसहित सभासद डा. शेखर कोइराला, राज्यलक्ष्मी गोल्छा र कविता सरदार रहेका थिए । मोरङका ९ निर्वाचन क्षेत्रमा सुझाव संकलनका लागि २१ वटा केन्द तोकिएको छ । कुल ९ लाख ६३ हजार जनसंख्या रहेको जिल्ला २ हजार ६ सय मस्यौदा वितरण गरिएको छ । यसै विच जिल्ला मतदाता मञ्च मोरङ र युवा अभियान विराटनगरले पनि आज विहान विराटनगरमा सभासद गिता राईको उपस्थितिमा मस्यौदाको संकलन गरेको छ । सुझाव संकलन कार्यक्रममा स्वतन्तत्रता र निस्पक्ष निर्वाचन ,स्थानियको शासनको व्यावस्था , मतदाता अधिकार र नागरिकता पाउनु पर्ने अधिकारबाट बञ्चित गर्नु नहुने जस्ता सहभागिहरुले सुझाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्