आचार्य महाश्रमण आगामी साउन ६ गते विराटनगरमा प्रवेश गर्दै

<span class='c1'>आचार्य महाश्रमण आगामी साउन ६</span> <span class='c2'>गते विराटनगरमा प्रवेश गर्दै</span>

 

प्रेम देवान

विराटनगर ३ साउन । सद्भाव, नैतिकता एवं नशामुक्तिको महान् उद्देश्यका साथ सुरु भएको अहिंसा यात्राका प्रणेता आचार्य महाश्रमण आगामी साउन ५ गते बुधबार विराटनगरमा प्रवेश गर्नुहुने जनाइएको छ ।

आचार्य श्री महाश्रमण चातुर्मास व्यवस्था समितिले आज विराटनगरमा पत्रकार सम्मेलन गरी सो कुरा जनाएको हो । भारतको फारविसगंजमा रहनु भएका महाश्रमण मंगलबारका दिन धवल सेनाका साथ विराटनगर प्रवेश गर्नु हुने जनाइएको छ । रानीस्थित हुलास मेटलमा विश्राम लिई बुधबार विराटनगरका लागि प्रस्थान गर्नुहुने महाश्रमण बिहान साढे पाँच बजे पूर्वतर्फको हाइवे, साल्ट ट्रेडिङ, रोडशेष, संसारीमाई स्थान, ट्राफिकचोक हुँदै तेरापन्थ भवन प्रवेश गर्नुहुने संञ्चार संयोजक राकेश सुरानाले पत्रकार सम्मेलनमा जानकारीदिनुभयो । महाश्रमण चार महिनासम्म विराटनगरमा रहनु हुने संयोजक सुरानाले बताउनुभयो । ऐतिहासिक धार्मिक सांस्कृतिक सामाजिक एवम पर्यटकिय रुपले मनिएको चार्तुमासमा आठ देखी दश लाख सम्म तिर्थालुहरु भ्रमण गर्न आउने अपेक्षा गरिको व्यावस्थापन अध्यक्ष मालचन्द सुरानाले बताउनुभयो । चातुर्मासको अवधिमा संस्कार, चरित्र निर्माण, प्रेक्षा ध्यान, जीवन विज्ञान, आध्यात्मिक विकासका कार्यक्रम तथा प्रवचन संचालन हुने अध्यक्ष सुरानाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्