“सिदान्तको क्रिकेटर बन्ने इच्छामा म खुसि छु” – राजेश लोहनी

<span class='c1'>“सिदान्तको क्रिकेटर बन्ने इच्छामा म</span> <span class='c2'>खुसि छु” – राजेश लोहनी</span>

 बिबेक दाहाल

बिराटनगर साउन  ७, २० बर्ष पहिले २०५१ सालमा सिदान्त लोहनीको जन्म  बिराटनगरमा भएको थियो । सानै बाट क्रिकेट खेल्न सुरु गरेका उनले २० बर्ष मै नेपालको राष्ट्रिय क्रिकेट टिममा पर्न सफल भए । साउन २ गते नेपाली क्रिकेट टिमबाट जर्सी बिरुद्ध उनले आफ्नो पहिलो खेल खेले , नेपाली टिम अगाडी नै धेरै दबाबमा थियो ,  टिममा एउटा आक्रामक खेलाडीको कमि भएको बेला सिदान्तले आफुले पाएको पहिलो मौका छोडेनन् ।  उनले १६ बल खेली २७ रन बनाए जुन नेपाली टिम कै त्यस खेलमा उच्च स्कोर नि भयो।  सिदान्तको २ ओटा छक्काले झनै लोकप्रिय बनायो उनलाई ।

बिराटनगरका युवा खेलाडीको देशभर चर्चा सुरु भयो यसै बिषयमा उनका बुवा राजेश लोहनीसंग आवर बिराटनगर डट नेटले कुरा गर्दा वहा एकदम खुसि हुनुहुन्थियो छोराको सफलता देखेर । " नेपाली टिममा धेरै पछि बिराटनगरबाट खेलाडी छनोट भयो त्यो माथि  मेरै छोरा हुदा त म एकदम खुसि छु " वहा खुसि ब्यक्त गर्दै हुनुहुन्थियो । धेरै समय काठमाण्डौ मै बस्ने र कहिले कहिँ मात्र बिराटनगर आउने वहा सिदान्तले नेपाली क्रिकेट टिमबाट खेलेको दिन बिराटनगर मै टिभीमा खेल हेर्दै हुनुन्थियो । अरुका छोरा डाक्टर , इन्जिनियर भएको देख्दा अनि आफ्नो छोरा क्रिकेटर भएको देख्दा कस्तो लाग्छ भन्ने हाम्रो प्रश्नमा वहा गर्ब का साथ भन्नु हुन्छ " छोराले आज जुन ख्याति क्रिकेटर भएर कमायो त्यो अरु भएको भए सायद सक्दैन थियो होला ,त्यसैले उसको इच्छामा हामि खुसि छौ " ।  वहाले छोरा लाई बेलायतको एक क्लबबाट क्रिकेट खेल्ने प्रस्ताब पाएको पनि सुनाउनु भयो तर खेल्न जाने नजाने टुंगो नभएको जानकारी दिनु भयो ।  भबिस्यमा सिदान्त लै यस क्षेत्रमा लाग्न घर परिवारबाट पुर्ण सहयोग हुने पनि वाचा गर्नु भयो . साथै वहाले आवर बिराटनगर डट नेटले सिदान्तलाई Biratnagar Youth Ambassodor 2015 बनाएको र साथ दिएकोमा पनि धन्यबाद ज्ञापन गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्