विराटनगर महानगरपालिकाको वडा नम्बर ११ जनपथ टोलस्थित स्वागत मार्गमा सडकको दुबै किनारमा एकै रंग लगाईएको छ ।
जनपथ टोलको स्वागत मार्गमा उपभोक्ता समितिले ७० घरधुरीको सडक किनार तर्फको पर्खालमा एकै रंग लगाएर आकर्षक बनाएका हुन् ।
करिब ६ सय ३० मिटर पर्खालमा एकै किसिमको रङग लगाएपछि निक्कै मनमोहक देखिएको छ।
स्थानीय हरिबहादुर कार्कीको अध्यक्षताको उपभोक्ता समितिले उक्त मार्गमा पक्कि सडक र ढल निर्माण पछि रंग लगाएको हो ।
सडक निर्माण पश्चात बाँकी रहेको रकमले सो मार्गको दुवैतर्फ एकै प्रकारको रङग लगाइएको अध्यक्ष कार्कीले बताउनु भयो ।
उपभोक्ता समितिका अध्यक्ष कार्कीले नगरलाई सौन्दर्य बनाउने वडाबासीको चाहना अनुरुप सडक निर्माणबाट बाँकी रहेको रकमले रङग खरीद गरी क्यूपेक नेपालका प्रशिक्षार्थीहरुले निःशुल्क रुपमा लगाउने कार्य गरेको जानकारी दिनु भयो ।
स्थानीयवासीन्दा तथा प्रादेशिक सञ्चार प्रतिष्ठानको कार्यकारी निर्देशक यज्ञ शर्माले रंग लगाउने सिप सिकिरहेका प्रशिक्षार्थीहरुले आएर रंग लगाईदिदा आर्थिक बचत भएको तथा प्रशिक्षार्थीहरुको समेत प्रयोगत्मक पक्ष राम्रो भएको बताउनु भयो ।