निषेधाज्ञा उल्लंघन आरोपमा विराटनगरमा दश जना पक्राउ

<span class='c1'>निषेधाज्ञा उल्लंघन आरोपमा विराटनगरमा</span> <span class='c2'>दश जना पक्राउ</span>

विराटनगर । स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा उल्लंघन गरेको आरोपमा दशवटा सवारीसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । अत्यावश्यक नभई सवारी लिएर बजारमा हिड्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको हो ।

मोरङ प्रहरीका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार निषेधाज्ञालाई अवज्ञा गर्ने तवरले बाहिर निस्कनेहरुलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले अत्यावश्यक काम वा उपचारका लागि आएकाहरुलाई सहजीकरण गरेपनि जथाभावी हिड्नेहरुलाई नियन्त्रणमा लिएर कानुन अनुसार कारवाही समेत गर्न थालेको हो । उल्लंघन गर्नेहरुलाई नियन्त्रणमा लिएर साँझ सार्वजानिक गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्