विराटनगर रानीमा होल्डिङ एरिया सञ्चालनमा

<span class='c1'>विराटनगर रानीमा होल्डिङ</span> <span class='c2'>एरिया सञ्चालनमा</span>

विराटनगर । विराटनगरको सीमा क्षेत्र रानीमा होल्डिङ एरिया सञ्चालनको अन्तिम तयारी गरिएको छ । तत्काल भाडाको घरलाई होल्डिङ एरियाको रुपमा प्रयोग गर्ने गरि तयारी गरिएको हो । त्यसपछि नेपाली सेनाले नयाँ संरचना तयार गर्नेछ ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले केहिदिन अगाडी नै गरिएको निर्णय अनुसार बुधबार सम्बन्धित क्षेत्रको अवलोकन गरिएको बताउनुभयो । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीसहित प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिष्य अनुसन्धानका प्रदेशस्थित उच्च अधिकारीहरुले सम्बन्धित स्थानको निरीक्षण गर्नु भएको हो ।

सुरक्षा सम्वद्ध निकायले अनुगमन गरेसँगै आजैबाट यसलाई सञ्चालनमा ल्याउने बताइएको छ । तत्काल व्यक्तिको घर भाडामा लिएर भारतबाट आउने नागरिकलाई ‘होल्ड’ गर्ने तयारी गरिएको छ । त्यसपछि विराटनगर जुट मिल परिसरमा होल्डिङ एरिया निर्माण गरिने छ ।
बिहीबार नै जिल्लास्थित कोभिड क्राईसिस मेनेजमेन्ट समितिको बैठक राखेर थप केहि महत्वपूर्ण निर्णय गरिने छ, प्रमुख जिल्ला अधिकारी निरौलाले भन्नुभयो–कोरोनाका कारण उत्पन्न संकट व्यवस्थापनमा एकिकृत पहल भईरहेको छ । उहाँले स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञालाई पूर्ण रुपमा पालना गर्न नागरिकलाई अपिल समेत गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्