विराटनगर । भोजपुर पौवादुम्मा गाऊपालिका १ अरुणडाडा का ३० बर्षीय निमा दावा शेर्पाको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान साढे १० बजे बिजुलीको लाईन बिग्रीएकोले उनि साथीहरुसंग आफ्नै घर छेउमा रहेको ट्रान्समिटरमा भर्याङ लगाई चड्ने क्रममा करेन्ट लागी अन्दाजी २५ फिट माथीबाट खस्दा घटनास्थलमानै मृत्यु भएको छ । घटनाको बारेमा जानकारी पाऊन साथ ईलाका प्रहरी कार्यालय तिवारीभंज्याङबाट टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।
यसैगरी धनकुटाको धनकुटा नगरपालिका ५ बाल मन्दिर स्थितमा बस्ने राजु श्रेष्ठको छोरा १० बर्षीय संजोग श्रेष्ठको करेन्ट लागी मृत्यु भएको छ । सोमबार बेलुका ६ बजे आफ्नै घरमा बिजुलीको होल्डरमा बल्ब लगाउने क्रममा करेन्ट लागी घाइते भएका बालकको जिल्ला अस्पताल धनकुटमा उपचारको क्रममा बेलुका सँवा ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।