जेठ ४ गतेसम्म इटहरी पूर्ण बन्द गर्ने निर्णय

<span class='c1'>जेठ ४ गतेसम्म इटहरी</span> <span class='c2'>पूर्ण बन्द गर्ने निर्णय</span>

इटहरी। इटहरी उपमहानगरपालिकाले जेठ ४ गतेसम्म अस्पताल र औषधि पसलबाहेकका सम्पूर्ण पसल बन्द गर्ने निर्णय गरेको छ । कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएपछि इटहरीलाई पूर्ण रुपमा बन्द राख्ने निर्णय स्थानीय सरकारले गरेको हो ।

इटहरी उपमहानगरपालिकाले मंगलबार एक पे्रस विज्ञप्ति जारी गर्दै कोरोना संक्रमण तीव्र रुपमा बढेकाले बुधबारदेखि जेठ ४ गतेसम्म अस्पताल र औषधिपसलबाहेक सम्पूर्ण पसल बन्द गर्ने जनाएको छ । मंगलबार बसेको बैठकले फलफूल र दूधडेरी पसल बिहान १० बजेसम्म खोल्न दिने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाभर जारी गरेको निषेधाज्ञा बुधबार राति सकिंदैछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्