२४ घण्टामा ६ हजार ८९१ सङ्क्रमण मुक्त

<span class='c1'>२४ घण्टामा ६ हजार</span> <span class='c2'>८९१ सङ्क्रमण मुक्त</span>

पछिल्लो २४ घन्टामा आठ हजार २०३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २० हजार २८६ पिसिआर परीक्षण गर्दा आठ हजार १३६ र ६९३ एन्टिजिन परीक्षण गर्दा ६७ मा सङ्क्रमण पुष्टि भएको हो ।

सो अवधिमा सङ्क्रमणबाट १९६ को ज्यान गएको छ भने छ हजार ८९१ सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमित सङ्ख्या एक लाख १४ हजार ५२९ पुगेको छ । आज काठमाडाँैमा दुई हजार ४९ मा सङ्क्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ३६५ र भक्तपुरमा २२१ संक्रमित थपिएका छन् । काठमाडौंमा सक्रिय सङ्क्रमित २७ हजार ३३९, ललितपुरमा छ हजार ९९० र भक्तपुरमा चार हजार ९१६ छन् । ती मध्ये एक हजार ५९० जनाको आइसियू र ३९० का भेन्टिलेरटमा उपचार भइरहेका मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्