विराटनगर । कोशी अस्पताल विराटनगरलाई भरतमोहन स्मृति प्रतिष्ठानले दुई सय थान पीपीई सेट हस्तान्तरण गरेको छ ।
प्रतिष्ठानका सल्लाहकार तथा पुर्व सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रतिष्ठानका सचिव महेश आचार्य, सदस्य महेश रेग्मी, सुवास आचार्य लगायतले कोशी अस्पताल विकास समितिका अध्यक्ष महेश भट्टराई र मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दासलाई पीपीई हस्तान्तरण गर्नु भएको हो ।
भरतमोहन अधिकारीको सम्झनामा स्थापित प्रतिष्ठानले स्थापनाकालदेखि नै सामाजिक कार्य गर्दै आएको सचिव महेश आचार्यले बताए ।
स्वास्थ्यकर्मीको सुरक्षालाई मध्यनजर गर्दै स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको भन्दै अस्पतालका मेसु डा.दासले प्रतिष्ठानलाई धन्यवाद दिनुभएको थियो ।