चितवनमा स्वास्थ्य सामग्री सहयोग गर्दै लायन्स

<span class='c1'>चितवनमा स्वास्थ्य सामग्री</span> <span class='c2'>सहयोग गर्दै लायन्स</span>

चितवन

लायन्स क्लब अन्तराष्ट्रिय ३२५ बी टु एरिया नं. ३ कोभिड दोस्रो लहर सँगै यस विरुद्धको अभियानमा जुट्दै आएको छ । क्लबले रु.३५ लाख बराबरका स्वास्थ्य सामग्री खरिद गरी विभिन्न स्वास्थ्य संस्थालाई हस्तान्तरण गरेको छ । हालसम्म यस अभियानका लागि रु.५२ लाख जुटिसकेको छ ।

क्लबले आज जिल्लाका तीन वटा अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । क्लबले भरतपुर अस्पताललाई दुई थान र विपी कोईराला मेमोरियल क्यान्सर अस्पताललाई एक थान अक्सिजन हाइफ्लो मेसिन र बकुलहर रत्ननगर अस्पताललाई दुई थान अक्सिजन कन्सन ट्रेटर सहयोग गरेको छ । ती सामग्री क्लबका ईलेक्ट गभर्नर रामप्रसाद भट्टको नेतृत्वको टोलीले तीन वटै अस्पतालमा पुगेर हस्तान्तरण गरेको हो ।

भरतपुर अस्पतालमा आयोजित कार्यक्रममा गभर्नर भट्टले अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारीलाई सामग्री हस्तान्तरण गर्नुभयो । यसैगरी क्लबको सोही टिमले क्यान्सर अस्पतालमा कार्यकारी निर्देशक डा. देजकुमार गौतम र उपनिर्देशक डा.कृष्णसागर शर्मालाई सामग्री हस्तान्तरण गरेको छ । यस्तै बकुलहरमा व्यवस्थापन समितिका अध्यक्ष गोपाल कर्माचार्य र डा.निश्चल मास्केलाई सामग्री हस्तान्तरण गरेको छ ।

गभर्नर भट्टले बेलायतबाट भरतकुमार श्रेष्ठको नेतृत्वमा रु. १४ लाख ३३ हजार ७३० र अमेरिकाबाट सुप्रिया श्रेष्ठको नेतृत्वमा रु. ७ लाख ४४ हजार ७३९ गरी रु.२१ लाख ७८ हजार ४६६ लायन्सलाई सहयोग प्राप्त भएको जानकारी दिनुभयो । अन्य रकम क्लब र लायन्सबाट सङ्कलन गरिएको हो ।

क्लबले सिद्धार्थलाल चुकेको नेतृत्वमा कोभिड प्रोटेक्सन डिष्ट्रिक कोर्डिनेटर समिति निर्माण गरी सहयोग सङ्कलन र सामग्री खरिद गरी वितरण गर्दै आएको छ । क्लब तथा लायन्सहरुबाट कोभिड अभियान जारी छ । यस अघि रु. १८ लाख बराबरका स्वास्थ्य सामग्री खरिद गरी भरतपुर, क्यान्सर र मध्यविन्दु अस्पताल कावासोतीलाई उपलब्ध गराईसकिएको छ। यस्तै इच्छाकामना गाउँपालिकालाई मनिटर र अक्सिजन कन्सनट्रेटर सहयोग गरेको छ । लायन्सले कालिबाहादुर गण भरतपुरलाई एक महिनाका लागि शववाहनसमेत उपलब्ध गराईसकेको छ । उक्त शव वाहनमा शव निःशुल्क गन्तव्यमा पुर्याईदै आएको छ ।

कोर्डिनेटर चुकेका अनुसार सङकलित र सङकलन भईरहेको रकमबाट अन्य अस्पताललाई आवश्यकताअनुसार सहयोग गरिने छ । कोरोनाको पहिलो लहरमा पनि यहाँका लायन्सहरुले ठूलो सहयोग पुर्याएको भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्