द्रव्यलाभ सहकारीद्वारा स्वास्थ्य सामग्री सहयोग

<span class='c1'>द्रव्यलाभ सहकारीद्वारा स्वास्थ्य</span> <span class='c2'>सामग्री सहयोग</span>

सिन्धुपाल्चोक

नयाँ भेरियन्टसहित दोस्रो लहरको कोभिड–१९ सङ्क्रमण तीव्र बनिरहेका बेला काठमाडौँ महाबौद्धस्थित द्रव्यलाभ बचत तथा ऋण सहकारी संस्थाले सिन्धुपाल्चोक जिल्लाको त्रिपुरा सुन्दरी गाउँपालिकालाई शुक्रबार रु तीन लाख ५० हजार बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

कोरोना सङ्क्रमण तीव्ररूपमा विस्तार भइरहेका बेला सहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत मानवीय सेवाभावले गाउँपालिकाका वडा नं २ का वडा सदस्य राजन राउतलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेको संस्थाका अध्यक्ष भक्त बहादुर पराजुलीले जानकारी दिनुभयो ।

विपन्न थामी तथा गुरुङहरुको बसोबास रहेको गाउँपालिकाको सो वडाका स्थानीयवासीको उपचारमा सहयोग पुगोस् भन्ने हेतुले सहकारीले दुई हजार थान मास्क, पाँच थान पिपिइ सेट, साढे सात लिटर ह्याण्ड स्यानिटाइजर, साढे सात लिटर ह्याण्डवास, १० थान शय्या, १० थान म्याट्रेस, तकिया, तन्ना, सिरक १०–१० थान, एन्टिजेन कीट १५० थान, अक्सोमिटर ५ थान गरी साढे तीन लाख बराबरको स्वास्थ्य सामग्री वितरण गरेको अध्यक्ष पराजुलीले राससलाई बताउनुभयो ।

महामारीका बेला स्वास्थ्य सामग्री उपलव्ध गराएकामा वडासदस्य राउतले सहकारीलाई धन्यवाद दिनुभएको छ । हरेक परिस्थितिमा पालिकाले संस्थाको साथ र सहयोगको अपेक्षा गर्दै आएको राउतको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्