हेटौंडा
हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ । सङ्क्रमितका उपचारमा थप सहजता ल्याउन प्लान्ट जडान गरिएको अस्पतालका अध्यक्ष राजेश प्रसाईले जानकारी दिनुभयो । प्लान्टबाट अस्पतालमा दैनिक १५ सिलिन्डर अक्सिजन उत्पादन हुने कोभिड १९ फोकल पर्सन डाक्टर सागर काफ्लेले बताउनुभयो । उहाँको अनुसार २४ घण्टामा १५ ठुलो सिलिन्डर बराबरको अक्सिजन उत्पादन हुने प्लान्ट जडान भएको छ । आज साँझबाट अक्सिजन उत्पादन शुरु हुने उहाँको भनाइ छ ।