उसले सोच्यो,
मलाई सवैभन्दा वढि
जीवन सिकाउने
दुई गुरूहरू
चिन्न पाए हुन्थ्यो ।
आँखा चिम्लियो धेरैवेर
संझियो धेरै धेरै गुरूहरू ।
आँखा खोल्दा
ढुंगा र सानो रूख उसको नजिकै थिए ।
त्यहि ढुंगा
जसमा उ
पटक पटक ठोक्किएको थियो
र त्यहि सानो रूख
जसलाई हरेक पटक ठोक्किएर धर्खरिँदा
उसले समातेको थियो ।