मोरङमा जेठ २४ गतेसम्म थपियो निषेधाज्ञा

<span class='c1'>मोरङमा जेठ २४</span> <span class='c2'>गतेसम्म थपियो निषेधाज्ञा</span>

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञालाई जेठ २४ गतेसम्म थप गरेको छ । चौथौं पटक थपिएको निषेधाज्ञाको समय भोली सोमबार राती १२ बजेसम्म थियो । त्यसपछिका लागि ७ दिन निषेधाज्ञा थप्ने निर्णय गरिएको हो ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३, संक्रामक रोग ऐन २०२० को दफा २ र कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम प्रशासनले निषेधाज्ञा थप गरेको जनाइएको छ ।

छिमेकी झापा र सुनसरी जिल्लाले पनि निषेधाज्ञाको अवधि बढाइसकेका छन् । मोरङसहितका यी तीन जिल्ला कोरोना संक्रमण सबैभन्दा धेरै भएका जिल्ला हुन् ।  कोभिड १९ को महामारीको दोस्रो लहर सुरु भएर निषेधाज्ञा लगाउन चर्को दवाव परेपछि मोरङ प्रशासनले पहिलो पटक बैशाख १८ गते राती १२ बजेदेखि लागु निषेधाज्ञा लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्