नेपाली युवा उद्यमी फोरमको विराटनगर शाखा देशभरी मै उत्कृष्ट

<span class='c1'>नेपाली युवा उद्यमी फोरमको विराटनगर</span> <span class='c2'>शाखा देशभरी मै उत्कृष्ट</span>

नेपाली युवा उद्यमी फोरम (NYEF) विराटनगरको शाखा देशभरीकै उत्कृष्ट शाखाको रुपमा छनौट भएको छ। पुर्वअध्यक्ष सिर्जन प्याकुरेलको कार्यकाललाई मध्यनजर गर्दै विराटनगरले २०२० सालको उत्कृष्ट शाखाको रुपमा राष्ट्रियव्यापी पुरस्कार प्राप्त गरेको हो । पुरस्कार पाउनका लागि विराटनगर शाखा चितवन, काठमाडौं, रुपन्देही, पोखरा, सुनसरी लगायतका शाखाहरु भन्दा उत्कृष्ट भएको थियो ।

नेपाल भरीको नेपाली युवा उद्यमी फोरमको छाता संगठन राष्ट्रिय गभर्निगं काउन्सिलले उक्त पुरस्कार प्रदान गरेको हो । विराटनगर शाखा उत्कृष्ट भएकोमा खुसी व्यक्त गर्दै तत्कालिन निवर्तमान अध्यक्ष मनोजविक्रम शाहले पुर्वअध्यक्ष सिर्जन प्याकुरेलको नेतृत्व क्षमता र सक्रियताका कारणले नै विराटनगर शाखाले ऐतिहासिक सफलता हासिल गरेको बताउदै हालका अध्यक्ष युनेशराज श्रेष्ठले शाखालाई थप उचाईमा पुर्याउने कुरामा आफु विश्वस्त रहेको विचार व्यक्त गर्नुभयो ।

कोरोना महामारीको समयमा पनि सन् २०२० को वर्षभरी नेपाली युवा उद्यमी फोरम विराटनगरले मोटर र्याली, नितिगत छलफल, समाजका विभिन्न आवश्यक्तामा परेका व्यक्तिहरुलाई सहयोग , प्रहरी जस्ता निकायहरुलाई सहयोग लगायतका कार्यहरु सक्रियताका साथ आयोजना गरेको थियो । साथै पुर्वअध्यक्ष सिर्जन प्याकुरेल लगायतको टोलीले प्रधानमन्त्री केपि शर्मा ओलीसहित, उद्योग मन्त्रि, मुख्यमन्त्रिहरुसँग भेटघाट गरि युवा व्यवसायी सम्बद्ध स्टार्टअप, युवा नितिलगायतका विषयमा सहयोग गर्नका लागि नेपाली युवा उद्यमी फोरम सदैव तयार रहेको जानकारी गराउनु भएको थियो ।

हाल नेपाली युवा उद्यमी फोरम (NYEF) विराटनगर शाखाको नेतृत्व युवा व्यवसायी युनेशराज श्रेष्ठको समितिले गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्