विराटनगर सेन्ट्रल राउन्ड टेबल-१५ द्वारा असहायलाई सहयोग

<span class='c1'>विराटनगर सेन्ट्रल राउन्ड टेबल-१५</span> <span class='c2'>द्वारा असहायलाई सहयोग</span>

कोभिड १९ महामारीको समयमा लागेको निषेधाज्ञाले गर्दा भोकै बस्न बाध्य विराटनगर तिनटोलियाका बासिन्दालाई राउन्ड टेबल नेपाल विराटनगर सेन्ट्रल राउन्ड टेबल-१५ ले सहयोग गरेका छन् ।
तिनटोलीया समाजको मार्फतबाट राउन्ड टेबलले ८५ परिवारलाई अत्यावशक खाद्यान्न उपलब्ध गराएर सहयोग गरेका हुन् ।

राउन्ड टेबल नेपाल विराटनगर सेन्ट्रल राउन्ड टेबल-१५ ले ५० परिवारका लागि र म्याजिक चप्पलले यस अभियानमा सहकार्य गर्दै थप ३५ परिवारलाई पुग्ने गरि कुल ८५ परिवारका लागि अत्यावशक खाद्यान्नको सेट तिनटोलीया समाजलाई उपलब्ध गराएको हो ।
विराटनगर राउन्ड टेबल १९ का अध्यक्ष कपिल अग्रवालले अन्य सदस्यको उपस्थितिमा तिनटोलीया समाजका अध्यक्ष डिगेन्द्र राउतलाई उक्त खाद्यान्न हस्तान्तरण गर्नु भएको हो ।

प्रत्येक परिवारलाई दिईने खाद्यान्न सेटमा १० केजी चामल, १ केजि दाल,२ प्याकेट भुजा, २ केजी आलु , आधा लिटर तेल र १ केजी नुन समावेश गरिएको थियो ।

यसका साथै विराटनगर सेन्ट्रल राउन्ड टेबल-१५ ले विराटनगर वडा नम्बर १० मा समेत १५ परिवारलाई अत्यावशक खाद्यान्न उपलब्ध गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्